आफ्नो चिहान आफैंलाई खन्न बाध्य पारियो, त्यसपछि गोली हानेर त्यही खाल्डोमा गाडियो

डिसी नेपाल
२१ मंसिर २०७८ १३:३१

काठमाडौं। २१ वर्षकी एक युवतीलाई एक व्यक्तिले आफ्नो चिहान आफैं खन्न बाध्य पारे । उनले खाल्डो खनिसकेपछि ती व्यक्तिले महिलालाई गोली हानेर हत्या गरेर र त्यही खाल्डोमा गाडिदिए । २१ वर्षकी अमान्डा अल्बाचको शव पुलिसले खनेर बाहिर निकालेको छ । लागूऔषध तस्करी आरोपमा पक्राउ परेका हत्याराले अमान्डाको हत्या समेत स्वीकार गरेपछि पुलिसले शव निकालेको हो ।

दक्षिणी ब्राजिलको सान्ता क्याटारिना राज्यको इरापिरुबा नोर्ते डे लागुना समुद्र किनारमा शुक्रबार अमान्डाको शव फेला परेको हो । त्यसको एक दिन अघि पुलिसले २ पुरुष र एक महिलालाई पक्राउ गरेको थियो । ती आरोपीमध्ये एकले अमान्डाको शव गाडिएको ठाउँबारे पुलिसलाई बताएका थिए । ती आरोपीले पुलिससँग १५ नोभेम्बरका दिन पीडितलाई आफ्नो चिहान आफैं खन्न बाध्य पारेको र त्यसपछि उनलाई २ गोली हानेर मारेर त्यही खाल्डोमा गाडेको समेत स्वीकार गरेका थिए ।

द सनको एक रिपोर्टअनुसार क्रिमिनल इन्भेस्टिगेसन डिभिजनका पुलिस प्रमुख ब्रुनो फर्नान्डेजले पीडित क्युरितिबा महानगरको फाजेन्दा रियो ग्रान्डेमा बस्ने र केही साथीहरुसँग साथीको जन्मदिन बनाउनको लागि सान्ता क्याटारिना गएको बताएका छन् । उनका साथीहरुका अनुसार पार्टीबाट निस्किएपछि उनीहरुले पीडितलाई देखेका थिएनन् । पुलिसका अनुसार अमान्डाले आरोपीमध्येका एकलाई बन्दुकसहित देखेकी थिइन् ।

आरोपीमध्येका एकलाई अमान्डाले उसको फोटो अरुलाई पठाएको थाहा थियो त्यसैले अनुसन्धानका क्रममा उसलाई यो कुराले डर लाग्यो । उनका अनुसार अमान्डाले उनको बन्दुकसहितको फोटो खिचेर अरुलाई पठाएकी थिइन् । आरोपीलाई यो अवस्था मन नपरेपछि उनले अमान्डालाई मार्ने निर्णय गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *