एलियनका १२ वटा जहाज एकैचोटी लाइन लागेर उडेको देखियो

डिसी नेपाल
२१ मंसिर २०७८ १३:५१

काठमाडौं। एउटा विमानको ककपिटबाट खिचिएको एउटा भिडियोमा १२ वटा अज्ञात उडनतश्तरी निश्चित लाइनमा एकैपटक उडिरहेको देखिएको छ । प्रशान्त महासागर माथिको आकाशमा बादलमाथि प्रकाशका ढिक्काहरु उडिरहेको र केही समयपछि बादलभित्र हराएको देखिने यो भिडियोका विषयमा ककपिटमा रहेका पाइलटले प्रतिक्रिया दिएको समेत सुन्न सकिन्छ । सुरुमा भिडियोमा ९ वटा प्रकाशका ढिक्का देखिन्छन् र पछि १२ वटा प्रकाशका ढिक्का उडिरहेका देखिन्छन् ।

समुद्र सटहबाट ३९ हजार फिटको उचाइमा खिचिएको यो भिडियो सामाजिक संजालमा शेयर भएपछि धेरैले यसलाई अद्भूत भनेका छन् र अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट युएफओ फुटेज भनेर प्रशंशा गरेका छन् । केहीले भने यो प्रकाश कुनै लडाकु विमानबाट हानिएको एन्टि मिसाइल सट हुन सक्ने आशंका गरेका छन् । यसको सम्भावना किन पनि छ भने यो भिडियो अत्याधिक तनावग्रस्त साउथ चाइना सीको माथि खिचिएको थियो ।

द सनको रिपोर्टअनुसार यी प्रकाशका ढिक्काहरु के हुन् भन्ने कुरा प्रमाणित गर्ने स्पष्ट आधार नहुँदा रहस्यमय बनेको छ । पछिल्लो समय अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्नो आकाशमा आफुहरुले व्याख्या गर्न नसक्ने कुराहरु उडिरहेको एक रिपोर्टमा स्वीकार गरेपछि युएफओप्रति झनै चासो बढेको छ । पेन्टागनका अधिकारीहरुले यी वस्तुहरु पृथ्वीभन्दा बाहिरका हुन सक्ने समेत स्वीकार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *