यसवर्ष ढोरपाटनमा चुके सिकारी

डिसी नेपाल
२१ मंसिर २०७८ १४:४१

काठमाडौं।ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिरोक्यो सिकारको लागि आएनन् ।

उनले हिमालयन वाइल्ड आउट फिटरमार्फत सिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै सिकारको लागि नआएको फिटरका सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिए । उनले सुन दह सिकार ब्लकमा एक नाउर र एक झारल सिकार गर्ने अनुमति लिएका थिए ।यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेन ब्लकमा एक नाउरको सिकार गरे पनि फागुने ब्लकमा एक झारलको सिकार गर्न सकेनन् ।

हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे । मेक्सिनक नागरिक कार्लोसले सेन ब्लकमा एक नाउर मारे पनि झारल भने मार्न सकेनन् ।ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई सिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरेका थिए । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिए ।

स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको सिकार गरेका थिए ।चेक रिब्लिकन नागरिक रोमनले सुन दह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा सिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *