झापामा लागूऔषधसहित एक जना पक्राउ

डिसी नेपाल
२२ मंसिर २०७८ ९:२५
24
Shares

झापा । प्रहरीले झापाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका-१ सल्लीबजारका ३० वर्षीय रमेश डिसी रहेका छन्।

मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदलै आउँदै गरेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार डिसीले पछाडि भिरिरहेको झोलाको किताब भित्र हरियो पातलो प्लास्टिकले बेरी लुकाएर ल्याउँदै गरेको अवस्थामा २३ ग्राम खैरो हिरोइन फेला पारेको जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *