युक्रेनको सीमामा १ लाख ७५ हजार रुसी सेना, अमेरिकाले पनि सेना पठाउने घोषणा गर्यो
काठमाडौं। रुसले युक्रेनको सीमामा आक्रमणको नियतले करिब पौने २ लाख सैनिक र अन्य युद्धक सरसामान तैनाथ गरेको छ । अमेरिकी खुफिया एजेन्सीहरुका अनुसार रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्न सक्छ । यस्तोमा अमेरिकाले पूर्वी युरोपको देश युक्रेनमा आफ्नो सेना पठाउने घोषणा गरेको द गार्डियनले जनाएको छ । शीतयुद्धको करिब ३० वर्षपछि अमेरिकाले पहिलो पटक पूर्वी युरोपमा आफ्नो सेना पठाउनेछ ।
युक्रेनमा रुसी सैनिकको तैनाथीले युरोपको शासनसत्तामा सरगर्मी बढेको छ । खासमा अक्टोबरमा पोल्याण्ड र बेलारुसबीत प्रवासीहरुका विषयमा सीमा विवादको आडमा रुसले आफ्नो जाल बिच्छ्याउन सुरु गरेको थियो । बेलारुसलाई प्रत्यक्ष सहयोग गर्ने आडमा रुसले आफ्ना सैनिकहरु तैनाथ गर्न सुरु गरेको थियो । मंगलबार अबेर राती सीमामा युक्रेनी सैनिकहरु र रुस समर्थित पृथकतावादीहरुबीच झडप भएको समेत समाचार आएका छन् ।
युक्रेन संकटका बीच मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्चुअल बैठक भएको थियो । बाइडेनले बैठकका क्रममा युक्रेनको सम्प्रभुताको समर्थनलाई दोहोर्याए । पुटिनले युक्रेनले अमेरिका र अन्य पश्चिमी देशहरुको आडमा रुसको लागि सुरक्षा चुनौतीहरु खडा गरिरहेको बताएका थिए ।







डिसी नेपाल







Facebook Comment