जाडो मौसममा शरीरलाई तातो बनाउन यी कुराहरु खानुहोस्

डिसी नेपाल
२२ मंसिर २०७८ १३:४१

चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसम सुरु भएसँगै हाम्रो जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्दछ । मौसम परिवर्तनको समयमा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु समेत आउने गर्दछ । कठ्याङ्ग्रिँदो चिसोबाट शरीरलाई बचाउनका लागि ऊनीका बक्लो कपडाहरुको सहारा लिने गर्दछौं । तरपनि चिसोबाट जतिसुकै बच्छु भन्दा पनि छोइहाल्छ । यस्तोमा मौसममा केही विशेष खानेकुराले चिसोबाट हामीलाई जोगाउने गर्छ । यस्ता खानेकुराले तपाईंको शरीरलाई तातो त राख्छ नै यसले स्वास्थ्यका लागि पनि सकारात्मक प्रभाव पार्ने गर्छ ।

खजुर- चिसो मौसममा पाइने खजुर एउटा लो फ्याट फूड हो । जसले तौल बढ्ने समस्या पैदा हुन दिँदैन । पौष्टिक तत्वको पावर हाउस खजुर जिम धाउनेहरुका लागि उत्कृष्ट खानेकुरा हो । यसलाई आफ्नो दैनिक खान्कीमा समावेश गर्दा यसले चिसो मौसममा शरीरलाई तातो बनाउँछ ।

शख्खरखण्ड- शख्खरखण्ड चिसो मौसममा पाइने कुनै उपहारभन्दा कम छैन । यसमा पाइने क्यालोरी र उच्च पौष्टिक तत्वले शरीरलाई ऊर्जावान् राख्छ । शख्खरखण्ड फाइबर, भिटामिन ए र पोटासियमको राम्रो स्रोत मानिन्छ । यसको नियमित सेवनले कब्जियत, प्रतिरोधी र इन्फ्लेमेशनसँग सम्बन्धित समस्यालाई टाढा राख्छ ।

बदाम–ओखर- बदाम र ओखरको सेवनले हाम्रो खाना स्नायू प्रणाली सक्रिय रहन्छ । यसले इन्सुलिन प्रक्रियालाई उत्कृष्ट बनाउने काम गर्छ र मुटुको स्वास्थ्यमा पनि सुधार ल्याउँछ । ओखरमा भएको ओमेगा–थ्री फ्याटी एसिड हाम्रो शरीरका लागि असाध्यै फाइदाजनक छ ।

कोदो– चिसो मौसममा कोदोले पनि हाम्रो स्वास्थ्यलाई ठूलो फाइदा पुर्याउँछ । कोदोले मधुमेहलाई नियन्त्रण गर्नुका साथै रक्तअल्पत्तामा पनि राहत प्रदान गर्छ । यसले निद्रा नलाग्ने, तनाव र डिप्रेसनमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

सागपात- जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ ।

आलस र तिल- शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।

पर्याप्त तरल पदार्थ-जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ । विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुँदैन ।

सुप- जाडोमा सुप बनाएर खानुपर्छ। सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो। त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ। गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ। यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *