मादी नदीमा बालकको शव भेटियो
दमौली। तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ। नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो।
मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए। निजको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment