भारतीय सेनाप्रमुख सवार हेलिकप्टर दुर्घटना, ४ शव भेटिए, ७ जना घाइते, ३ जनाको अवस्था अज्ञात
काठमाडौं। भारतको तमिलनाडु राज्यको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा सीडीएस रावत, उनकी पत्नीसहित सेनाका उच्च अधिकारीहरु थिए । दुर्घटनापछि अहिले उद्धार अभियान चलाइएको छ । हेलिकप्टरमा १४ जना सवार भएको बताइएको छ ।
दुर्घटनास्थलबाट ४ शव बरामद गरिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । ७ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । अन्य तीन जनाको अवस्था अज्ञात छ । मृत्यु हुने, घाइते हुने र हराइरहेका को–को हुन् भन्ने विषयमा अहिलेसम्म सेनाले स्पष्ट जानकारी दिएको छैन । दुर्घटनाको कारण खराब मौसम हुन सक्ने प्रारम्भिक जाँचमा अनुमान गरिए पछि कारण स्पष्ट हुन सकेको छैन । सेनाको कार्ट अफ इन्क्वायरीपछि मात्र कारण स्पष्ट हुने बताइएको छ ।







डिसी नेपाल







Facebook Comment