भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।
यो पनि…….
भारतीय सेनाप्रमुख चढेको हेलिकप्टर दुर्घटना ८० प्रतिशत जलेका लाश भेटिए (तस्वीरहरु)
बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यसबारे जानकारी दिएको छ ।
हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन् ।
उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment