कोरोना ओमिक्रोन नियन्त्रणमा सरकार पूर्णरूपमा तयार–मन्त्री यादव

डिसी नेपाल
२२ मंसिर २०७८ २२:०२

काठमाडौं ।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्ट ‘आमिक्रोन’ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण तयारी गरेको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले विगतको सिकाइका कारण सरकारले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणमा सजग हुँदै राम्रो तयारी गरेको जानकारी दिए ।

मन्त्री यादवले प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा शय्या थप गरी २०० पुर्‍याइएको छ भने ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गरिबीलाई रोजगारी र उत्पादनसँग जोड्नु पर्ने आवश्यक्ता औँल्याए । कार्यक्रममा इन्सेकका प्रमुख सोमराज थापा, मानवअधिकारकर्मी गीता दाहाल, सञ्चारकर्मी गणेश लम्साललगायतले स्थानीय निकायमा सार्वजनिक सुनवाइको माध्यमबाट समस्था समाधान गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *