जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

डिसी नेपाल
२३ मंसिर २०७८ ९:३९
28
Shares

बाजुरा।  बाजुरामा जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–६ धुलाचौरका दुई वर्षीय बालक अंकित रोकायाको मृत्यु भएको हो ।

बुढी नन्दा नगरपालिका–५ का ४० वर्षीय पेमा थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले रोकायालाई ठक्कर दिईएको प्रहरीले जनाएको छ। उक्त ठक्करबाट घाइते भएका बालकको कोल्टी स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *