भारतीय सेनाप्रमुख जनरल बिपिन रावतको मृत्युमा पाकिस्तानी सरकार र जनताले के भने ?
काठमाडौं। पाकिस्तान सेनाका उच्च अधिकारीहरुले भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनामा भएको मृत्युमा शोक प्रकट गरेका छन् । हिजो तमिलनाडुमा जनरल रावत, उनकी पत्नी मधुलिका र अन्य ११ जना हेलिकप्टर दुर्घटनामा मारिएका थिए ।
Air Chief Marshal Zaheer Ahmed Baber Sidhu, NI(M) Chief of the Air Staff Pakistan Air Force; has expressed his condolences on the tragic death of Indian CDS Gen Bipin Rawat, his spouse, and 11 other passengers/crew members in the helicopter crash today.
— DGPR (AIR FORCE) (@DGPR_PAF) December 8, 2021
पाकिस्तानी सेनाका प्रवक्ता बाबर इफ्तिखारले ट्वीटमा लेखेका छन् ‘ज्वाइन्ट चीफ अफ स्टाफ कमिटीका अध्यक्ष जनरल नदीम रजा र सेनाध्यक्ष जनरल कमर जावेद बाजवा जनरल बिपिन रावत र उनकी पत्नीको एक हेलिकप्टर दुर्घटनामा भएको त्रासद मृत्युमा शोक प्रकट गर्दछन् ।’ यसका साथै पाकिस्तानी वायुसेनाका प्रमुख अधिकारी एयर चीफ मार्शल जहीर अहम बाबर सिधु एनआइ (एम) ले जनरल बिपिन रावत र उनकी पत्नीको साथमा ११ अन्य व्यक्तिको मृत्युमा समवेदना प्रकट गरेका छन् ।
Off-course sir, it’s the decent thing to do as a soldier.
Again, sorry for your loss sir.In our Punjabi folklore they say, “dushman maray te khushian na manawoo, kadday sajna v mar jaana”
Means: “Don’t celebrate the deaths of your enemies as some day friends would also die”.
— Major Adil Raja (R) (@soldierspeaks) December 8, 2021
भारतीय सीडीएस बिपिन रावतको असामयिक निधनमा तमाम भारतीय सैनिक र पूर्व सैन्य अधिकारीहरुले शोक व्यक्त गरेका छन् । भारतीय सैन्य अधिकारी पूर्व ब्रिगेडियर आरएस पठानियाले ट्वीटरमा जनरल रावतको तस्वीर साझा गर्दै उनलाई सलाम लेखे । यसमा पूर्व पाकिस्तानी सैन्य अधिकारी मेजर आदिल रजाले लेखेका छन् ‘सर, कृपया मेरो समवेदना स्वीकार गर्नुहोस् ।’
We never cheer n celebrate any death from the adversary.. unless he’s in a “battlefield against us”..
Our condolences for the families #IndianArmy #BipinRawat #Pakistan— Salman Khan (@Salman127I) December 8, 2021
यसको जवाफमा ब्रिगेडियर पठानियाले लेखेका छन् ‘आदिल तपाइँलाई आधार । एक सैनिकबाट यही व्यवहारको अपेक्षा थियो । तपाइँलाई सलाम । यसको जवाफमा मेजर आदिल रजा लेख्छन् ‘बिल्कुल सर, एक सैनिक भएको नाताले यो राम्रो काम हो । हाम्रो पंजाबी लोककथाहरुमा भनिन्छ – दुश्मन मरे खुसी नमनाउ कुनै बेला तपाइँको साजन पनि मर्नु पर्छ ।’
As Muslims, we do not celebrate any tragedy even if occurs with our worst enemies. We must collectively offer condolences to the families of the deceased. #BipinRawat #IAFChopperCrash @CassThinkers @Defense785 @DGPR_PAF @adilsultan @1Abdulbasit1 @EAShami10 @MahamGillani91
— Dr. Zia Ul Haque Shamsi (@haque_shamsi) December 8, 2021
पाकिस्तानी मिडिया, सरकारी अधिकारीका साथसाथै अन्य पेशा र समाजका व्यक्तिहरुले जनरल रावतको असामयिक निधनमा समवेदना व्यक्त गरेका छन् । ट्वीटर युजर सलमान खान लेख्छन् ‘हामी कहिल्यै पनि आफ्नो दुश्मनको मृत्युमा उत्सव मनाउँदैनौं जबसम्म त्यो मृत्यु हामीविरुद्ध युद्धको मैदानमा भएको हुँदैन । परिवारप्रति हाम्रो समवेदना छ ।’
Really sad and shocked at the tragic loss of CDS General Bipin Rawat, his wife & 11 others.
Our sympathise with him.#BipinRawat pic.twitter.com/ZJcSxTk1U3— Rahman Wali Ihsas (@ihsas1122) December 8, 2021
ट्वीटर युजर डा. जिया उल हक सम्सी लेख्छन् ‘मुसलमान भएको नाताले हामी कुनै त्रासदीमा उत्सव मनाउँदैनौं चाहे त्यो हाम्रो सबेभन्दा खराब दुश्मनको साथमा नै घटेको किन नहोस् । हामीले सामूहिक रुपमा मृतकका परिवारप्रति आफ्नो समवेदना व्यक्त गर्नुपर्छ ।’ रहमान वली इहसास लेख्छन् ‘सीडीएस बिपिन रावत, उनकी पत्नी र अन्य ११ जनाको असमय निधनबाट दुःखी र स्तब्ध छु । उनीहरुप्रति समवेदना व्यक्त गर्दछु ।’
Saddened to hear about the demise of CDS Bipin Rawat Ji, his wife & 11 others. May God give strength to the family to bear the loss. pic.twitter.com/xle9R5fXhM
— Omar Nawaz عمر نواز (@OmarNaw47068072) December 9, 2021
ओमर नवाज लेख्छन् ‘सीडीएस बिपिन रावत जी उनकी पत्नी एवं अन्य ११ जनाको मृत्युको खबरले दुखी छु । अल्लाहले पीडित परिवारलाई यो दुःख सहने शक्ति दिउन् ।’ पाकिस्तानी पत्रकार मेहर तरारले लेखेका छन् ‘जनरल रावत र उनकी पत्नीका छोराछोरी र परिवारप्रति समवेदना र यो दुर्घटनामा मर्ने अन्यको परिवारप्रति समवेदना ।’
Condolences for the children and families of General Bipin Rawat and his missus. Condolences for the families of the other victims. https://t.co/jlYiuQ1pwh
— Mehr Tarar (@MehrTarar) December 8, 2021
पाकिस्तानी सामाजिक संजालमा एक वर्ग यस्तो पनि छ जो यो समयमा पाकिस्तान र जम्मु कश्मिरलाई लिएर भारतीय नीतिको आलोचना गरिरहेको छ । यसका साथै यतिबेला ती बयानको चर्चा गरिरहेका छन् जुन बयानको लागि जनरल बिपिन रावत चर्चामा आएका थिए ।
To some of my Pakistani’s here on Twitter. There’s nothing funny and certainly nothing to celebrate about the #HelicopterCrash Remember, we lost our men two days ago in a crash.
— Haroon Shahid (@Haroon_5hahid) December 8, 2021
यतिबेला केही ट्वीटर युजरले नै यस्ता ट्वीटर युजरको आलोचना गरेका छन् जसले जनरल रावतप्रति घृणा भरिएका ट्वीट गरेका छन् ।
You dont wanna celebrate dont, but atleast dont condole the death of a tyrant either
— Ahmed (@BleedGreen777) December 8, 2021
हारुन शाहीद नामका ट्वीटर युजर लेख्छन् ‘ट्वीटरमा भएका केही पाकिस्तानहिरुका लागि । हेलिकप्टर दुर्घटनामा केही पनि मजेदार वा उत्सव मनाउने जस्तो केही कुरा छैन । याद राख्नुस् हामीले २ दिन पहिले मात्र आफ्ना २ सैनिक गुमाएका छौं ।’
Absolutely endorsed. Our religion and culture do not teach us to celebrate or mock anyone’s death. https://t.co/8YtQsihNLZ
— Mehr Tarar (@MehrTarar) December 8, 2021
यसमा अहमद नामका अर्का ट्वीटर युजर लेख्छन् ‘तपाइँ उत्सव मनाउन चाहनुहुन्न भने नमनाउनुस् तर एक तानाशाहको मृत्युमा शोक प्रकट पनि नगर्नुस् ।’ हारुन शाहीदको ट्वीटमा मेहर तरार लेख्छिन् ‘पूरै सहमत छु । हाम्रो धर्म र सभ्यता कसैको मृत्युमा मजाक उडाउने र उत्सव मनाउने सल्लाह दिँदैन ।’







डिसी नेपाल







Facebook Comment