एएनआइले जारी गर्‍यो बिपिन रावतलाई लिएर उडेको हेलिकप्टरको दुर्घटनाअघिको अन्तिम भिडियो

डिसी नेपाल
२३ मंसिर २०७८ ११:२३
2.4k
Shares

काठमाडौं। भारतको प्रथम चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको बुधबार एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । त्यसपछि यो दुर्घटनाको कारणको खोजी भइरहेको छ । यही बीचमा समाचार एजेन्सी एएनआइले एउटा भिडियो जारी गरेको छ । भिडियोमा एउटा हेलिकप्टर उड्दै गरेको देखिएको छ ।

एएनआइको दावीअनुसार यो यो भिडियोमा जुन हेलिकप्टर देखिएको छ त्यो एमआइ १७ भी ५ हेलिकप्टर थियो जसमा जनरल बिपिन रावत सवार थिए । यसलाई जनरल रावत चढेको हेलिकप्टरको अन्तिम भिडियो बताइएको छ । यो भिडियो स्थानीयले बनाएका हुन् । अहिलेसम्म सेना तथा कुनै अन्य संस्थानले एएनआइको दावीको पुष्टि गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *