अर्बपतिको घरबाट ८ अर्ब ४० करोड रुपैयाँ मूल्य बराबरको चोरीका सामान जफत

डिसी नेपाल
२३ मंसिर २०७८ १२:३२
1.2k
Shares

काठमाडौं। माइकल एच स्टिनहार्ट नामका एक अर्बपतिको घरमा ८ अर्ब रुपैयाँभन्दा धेरै मूल्यको चोरीको सामान भेटिएको छ । यी व्यक्तिको घरमा १८० वटा पुरातात्विक महत्वका सामानहरु भेटिएका छन् । यी प्राचीन सामानहरु १२ वटा अलग अलग आपराधिक नेटवर्कले ११ अलग अलग देशबाट चोरेर तस्करी गरेका थिए ।

न्यूयोर्कको म्यानहट्टनको डिस्ट्रिक्ट अटर्नीको कार्यालयले यसको जानकारी दिएको हो । स्टिनहार्टको साथमा पाइएका यी सामानहरु अवैध थिए । यी सामानहरु चोरीपछि तस्करी गरेर ल्याइएका थिए र यी सामानको कुनै कागजी कारवाही गरिएको थिएन । यी सामानको अनुमानित मूल्य ७० मिलियन डलर (८ अर्ब ४० करोड रुपैयाँ) पर्छ ।

डिस्ट्रिक्ट अटर्नी साइरस भेन्स जुनियरले भने ‘दशकौंदेखि माइकल स्टिनहार्ट पुरातात्विक महत्वका वस्तुहरु किनिरहेका थिए । तर, अब उनले यसो गर्न पाउने छैनन किनकि एक सम्झौता अनुसार माइकललाई यस किसिमका सामानहरु किन्न आजीवन प्रतिबन्ध लगाइएको छ ।’

सीएनएनका अनुसार ब्रुकलिनका स्टिनहार्ट मंगलबार ८१ वर्षका भएका छन् । उनको न्यूयोर्क युनिभर्सिटीमा उल्लेख्य योगदान रहेको छ । सायमा यहुदीहरुको हितको लागि पनि उनले धेरै काम गरेका छन् । सोमबार एक बयानमा स्टिनहार्टका वकिल एन्ड्रयु जे लेभेन्डरले भने ‘स्टिनहार्ट यो कुराले खुसी छन् कि अब गलत तरिकाले लिइएका यी वस्तुहरु उनका मूल देशलाई फिर्ता लिइनेछ ।’

अभियोजकहरुका अनुसार जफत गरिएका १८० पुरातात्विक वस्तुहरुमध्ये १७१ वटाको पहिचान गरिएको छ । यीमध्ये २ इटलीका हुन् । डेनमार्कमा युनिभर्सिटी अफ आरहस इन्स्टिच्युट अफ एडभान्स स्टडिजका एसोसिएट प्रोफेसर क्रिस्टोस त्सिरोगियनिसका अनुसार तस्करुहरु पुरातात्विक वस्तु बेच्नका लागि पहिले तस्वीर पठाउँछन् । त्यसपछि यिनीहरुको डील गरिन्छ ।

पुरातात्विक वस्तुहरुको कालोबजारीको लागि अब ११ देशहरुलाई सूचित गरिएको छ । यी देशहरु बुल्गारिया, मिश्र, ग्रिस, इराक, इजरायल, इटली, जोर्डन, लेबनान, लिबिया, सिरिया र टर्की हुन् । खासमा यी पुरातात्विक वस्तुहरुको तस्करी यिनै देशहरुबाट गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *