दिल्लीको अदालतभित्र विष्फोट

डिसी नेपाल
२३ मंसिर २०७८ १४:००
1.9k
Shares

काठमाडौं। भारतको राजधानी दिल्लीको रोहिणी कोर्टमा बिहीबार बिहान विष्फोट भएको छ । विष्फोटपछि अदालतमा भागाभाग भयो । विष्फोटलगत्तै घटनास्थलमा दमकलमा ६ गाडी पुगेका थिए । विष्फोटमा २ जना घाइते भएको बताइएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । पुलिसले अदालत खाली गराएको छ र गेट बन्द गरिदिएको छ । दिल्ली पुलिसको स्पेसल सेलले जाँच सुरु गरेको छ ।

सूचना पाउनासाथ रोहिणी जिल्लाका डिसीपी र एसीपी आरती शर्मा पुलिस टिमको साथमा घटनास्थल पुगेकी थिइन् । जाँचमा कुनै विद्युतीय उपकरणमा विष्फोट भएको पाइएको छ । त्यसपछि भिडले अदालतमा गोली चलेको हल्ला फैलाएका थिए । पुलिसका अनुसार यहाँ विष्फोट भएको लो इन्टेन्सिटी बम हो ।

यो एकप्रकारको क्रुड बम हो । पुलिसले घटनास्थलबाट आइइडी विष्फोटक र एक टिफिनजस्तै बक्स फेला पारेको छ । एनएसजीलाई पनि घटनास्थलमा बोलाइएको छ । यो अदालतमा केही समय पहिले अदालत परिसरभित्रै गोली चलेको थियो । यसमा ३ जनाको मृत्यु भएको थियो । अदालतमा २ आक्रमणकारीले डन जितेन्द्र जोगीको हत्या गरेका थिए । पुलिसको जवाफी कारवाहीमा दुवै आक्रमणकारीको पनि मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *