जूम कलमा ९०० कर्मचारी निकाल्ने सीइओले माफी मागे
काठमाडौं। जूममा अनलाइन कलको क्रममा ९०० जना कर्मचारीलाई जागिरबाट निकालेको घोषणा गर्ने अमेरिकी कम्पनी बेटर डटकमका सीइओ विशाल गर्गले माफी मागेका छन् । उनले आफ्नो यो तरिकालाई लिएर पत्र लेखेर कर्मचारीहरुसँग माफी मागेका हुन् । विशालको जूम कलको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । यसको विश्वभर निकै आलोचना भएको थियो ।
खासगरी विशालले जुन तरिकाले कर्मचारीलाई निकालेका थिए त्यसमा धेरैलाई आपत्ति थियो । सम्भवतः यही कारण अब विशाल गर्गले माफी मागेका छन् । उनले आफ्नो तरिका गलत भएको स्वीकार गर्दै आफूबाट भारी चुक भएको बताएका छन् ।
विशाल गर्गले आफ्ना कर्मचारीलाई लेखेको पत्रमा भनेका छन् ‘म ती व्यक्तिहरुप्रति पर्याप्त सम्मान र आभार प्रकट गर्न विफल रहें जो मेरो निर्णयबाट प्रभावित भएका छन् । कटौतीको आफ्नो निर्णयमा म अहिले पनि कायम छु तर यसलाई लागू गर्ने क्रममा मेबाट भारी चुक भएको छ । यसरी मैले तपाइँहरुलाई लज्जित बनाएको छु । मलाई यो आभास भएको छ कि जसरी मैले जानकारी दिएँ त्यसले परिस्थिति झनै बिग्रियो ।’







डिसी नेपाल







Facebook Comment