२११ जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु

डिसी नेपाल
२३ मंसिर २०७८ १६:१५

काठमाडौं । पछिल्लो २४ घण्टामा २११ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार ११८ जनामा पीसीआर परीक्षण गरिएकोमा १९७ जनामा र १ हजार ४३३ जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३२९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार १०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *