स्याङ्जाबाट झण्डैं ८ किलो गाँजासहित ६७ वर्षीय वृद्ध पक्राउ

डिसी नेपाल
२४ मंसिर २०७८ १३:४९

स्याङ्जा। स्याङ्जाबाट झण्डैं ८ किलो सुकेको गाँजासहित एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा  पुतलीबजार नगरपालिका २ निवासी ६७ वर्षीय डिलबहादुर गुरुङ् रहेका छन्।

गाँजा कारोबारमा संलग्न रहेको भने विशेष सूचनाका आधारमा खोजीकार्य गर्दा ७ किलो ८ सय सुकेको गाँजासहित गुरुङ्लाई उनकै घरबाट बिहीबार साँझ पक्राउ गरिएको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले बताए।

उक्त गाँजा गुरुङले आफ्नै घरभित्र ३ वटा जेब्रा झोला र दुईवटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेत जानकारी दिए । गाँजा र गुरुङबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *