विभेदमा परेका समुदायलाई राज्यका हरेक क्षेत्रमा स्थान दिनुपर्छः मन्त्री साह

डिसी नेपाल
२५ मंसिर २०७८ २२:०१

काठमाडौं। प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बहिष्कार र विभेदमा परेका समुदायको राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

सप्तरीको भगवतपुरमा गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री साहले मुलुकमा एक तिहाइ आदिवासी रहे पनि उनीहरूको राज्यका हरेक क्षेत्रमा न्यून सहभागिता रहेको बताए । उनीहरूको अर्थपूर्ण सहभागिताका लागि पत्रकारहरूले कलमको माध्यमले आवाज उठाउनु पर्ने मन्त्री साहको भनाइ छ ।

यसका साथै प्रदेशको विकास हुन नसक्नुमा बजेटको उचित खर्च व्यवस्थापन हुन नसक्नु पनि एक रहेको बताएका छन् । चौमासिक बितिसक्दा पनि कूल बजेटको १० प्रतिशत मात्र खर्च भएको मन्त्री साहको भनाइ छ । चालुमा ८ र पुँजीमा २ प्रतिशत मात्र खर्च भएको मन्त्री साहले बताए । प्रदेश २ का साना किसान धेरै रहेकाले उनीहरूलाई प्राथमिकतामा राखेर आफूले काम गर्दै आएको मन्त्री शाहले बताए ।

दश कठ्ठासम्म जग्गा हुने साना किसानलाई प्रदेश सरकारले १० हजार खातामै जानेगरी सहयोग कार्यलाई अगाडि बढाएको उनको भनाइ छ । मन्त्री साहले संघीय सरकारले प्रदेश सरकारको व्यवस्था गर्ने गरेकाले पनि समस्या हुने गरेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *