विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद
काठमाडौं।महासभा बैठकलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ ।
महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो । महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी गराए ।
शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेद्वारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले जानकारी दिए । महासचिव पक्षका मानिस बढी अभद्र गतिविधिमा उत्रिएपछि महासभा बैठक स्थगन गर्नुपरेको उनले सुनाए ।
निमित्त अध्यक्ष अर्यालले आज प्रशासनमा बुझाएको निवेदनमा कार्यकारी समितिले उपयुक्त समयमा महासभा बैठक राखेर नयाँ नेतृत्व चयन गर्ने भन्दै स्थगन गरेको जानकारी गराएका छन्। यता महासचिव भण्डारी पक्षले भने महासभाबाट आज कार्यवाहक अध्यक्ष घोषणा गरेको जनाएको छ । महासचिव भण्डारीले आफूलाई आज महासभाले कार्यवाहक अध्यक्ष घोषणा गरेको जानकारी दिए । महासभालाई यो घोषणा गर्ने अधिकार रहेको उनको दाबी छ
No ads found for this position


डिसी नेपाल
Facebook Comment