बिहेको प्रलोभन देखाइ बालिका बलात्कार गर्ने पक्राउ

डिसी नेपाल
२७ मंसिर २०७८ १०:३१
848
Shares

वीरगञ्ज। पर्सा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवकलाई पक्राउ गरेको छ। बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई पक्राउ गरेको हो।

सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार राति वीरगञ्ज–११ श्रीपुरस्थित आफ्नो कोठामा बोलाएका थिए। सिंहले कोठामै बालिकालाई सोही राति पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाका अभिभावकले दिएको जाहेरीको आधारमा सिंहलाई वीरगञ्ज महानगरपालिका–११ श्रीपुरबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको खनालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *