तीन नेपाली शेर्पा दाजुभाइ अन्टार्कटिकाको अग्लो हिमालको आरोहणको लागि प्रस्थान

डिसी नेपाल
२८ मंसिर २०७८ ६:३२
248
Shares

काठमाण्डौं| अन्टार्कटिका (अन्तिम डिग्री-दक्षिण ध्रुव र माउन्ट भिन्सन) को अभियानमा सामेल हुन तीन शेर्पा दाजुभाइ मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासी लाक्पा त्यसतर्फ प्रस्थान गरेका छन्।

सात महाद्वीपका ७ शिखर आरोहण गर्ने लक्ष्यसहित उनिहरु त्यसतर्फ लागेका सेभेन समिट ट्रेक्सले जानकारी गराए। उक्त टोलीले अन्टार्कटिकामा एक महिना बिताउने छ तथा उनीहरूले सफलता हात पारे भने उनीहरु पहिलो नेपाली टोली हुनेछन्।

तीन भाइ मध्ये मिङ्मा र छाङ दावा शेर्पाले विश्वको ८ हजार चढ्ने पहिलो दाजुभाइको नाम गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। टासी लाक्पा शेर्पा भने साहसिक विशेषज्ञ र हिमालयमा सबैभन्दा अनुभवी आरोहि मध्येका हुन्, जसले पूरक अक्सिजन प्रयोग नगरी २० वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज रेकर्ड राखेका थिए।

प्रस्थान गर्नु अघि उनीहरुलाइ प्रधानमन्त्रील शेरबहादुर देउवाले तीन दाजुभाइलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफल प्रयासका लागि शुभकामना दिएका थिए।
भिन्सन (९४,८९२ मिटर) अन्टार्कटिका र दक्षिण ध्रुवको सबैभन्दा अग्लो चुचुरो हो, जसलाई भौगोलिक दक्षिण ध्रुव वा स्थलीय दक्षिण ध्रुुव पनि मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *