इन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान
काठमाडौं। अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले मैथिली अधिकार दिवसको अवसरमा यही डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजना गर्ने दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजसेवी इन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गर्ने भएको छ।
झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनको लागि काम गरेको सुनाउँदै अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले आफूलाई सम्मान गर्न लागेकोमा खुशी व्यक्त गरे।
उनले भने,‘यो किसिमको अन्तर्राष्ट्रिय सम्मान पाउनु नेपाल र नेपालीको लागि पनि खुशीको कुरा हो । आगामी दिनमा अझै सक्रियताका साथ मिथिला संस्कृतिको रक्षाको लागि काम गर्न मलाई यसले प्रेरणा मिल्ने विश्वास लिएको छु।’
निःस्वार्थ भावले कुनैपनि काममा लाग्दाखेरि कहीँ न कतैबाट त्यसको उचित मूल्यांकन हुने कुरा सम्मेलनले आफूलाई गर्न लागेको सम्मानले पनि पुष्टि भएको उनको भनाई छ । झा मैथिल ब्रम्हाण महासभा, नेपालका अध्यक्ष पनि हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment