जिप दुर्घटना हुँदा दुईको मृत्य, सात घाइते

डिसी नेपाल
२८ मंसिर २०७८ १८:१७

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मे १ ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्का इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परि अन्य सात घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दुर्घटना भएको हो । सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *