पूर्व सचिव उपाध्यायमाथि कारबाहीको माग

डिसी नेपाल
२८ मंसिर २०७८ १८:३४

जनकपुरधाम । नेपाल वैश्य युवा संघ प्रदेश २ ले नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायमाथि कारवाही गर्न माग गरेको छ ।

नेपाल वैश्य युवा संघ प्रदेश २ का अध्यक्ष राजु कुमार साहले मंगलबार पत्रकार सम्मेलन गरि पूर्व सचिव उपाध्यायले रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत हुने विधि विधान र धार्मिक परम्परालाई लक्षित गरि अपशव्द र असभ्य भाषा प्रयोग गरि मिथिला काला संस्कृतिमाथि प्रहार गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

पूर्व सचिव उपाध्यायले राम जानकी विवाह महोत्सवको अन्तर्गत पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जुली कुमारी महतोले पैसा बाँडेको विषयमा समाजिक सञ्चालन फेसबुकमा एक स्टेटस लेखेका थिए ।

उपाध्याले सामाजिक सञ्जालमा,‘एमाले सचिव रघुवीर महासेठकी पत्नी एमाले केन्द्रीय सदस्य जुली महतो विवाह पञ्चमीको अवसरमा बार डान्सर गायकलाई टिप्स स्वरुप नोटको बिटा खोल्दै उडाउँदै बाँड्दै’ लेखेका थिए ।

साहले रामजानकी विवाह महोत्सवको बेलामा पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा घृणित शब्द लेखेर यहाँका लिंग, समूदाय, धर्म, संस्कृति र क्षेत्रको भावनामाथि आघात पार्ने गरी मानमर्दन गरेको बताए ।

उपाध्यायमाथि अदालत जाने प्रक्रियामा समेत रहेको भन्दै साहले त्यसका लागि विभिन्न निकायसँग कुराकानी भइरहेको बताए । उनले उपाध्यायले माफी नमागे आन्दोलन गर्ने चेतावनी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *