देउवालाई दिए नेपालले बधाई
काठमाडौं । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बधाई दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,’दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment