मोरङ र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौं।मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।बिहीबार दिँउसो २ बजे विराटनगर महानगरपालिका(१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका(६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा दमक नगरपालिका(७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment