महोत्तरी प्याबसनको १८औं साधारणसभा शनिबार

डिसी नेपाल
२ पुष २०७८ १९:१०

महोत्तरी । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याबसन महोत्तरीको १८औं वार्षिक साधारण सभा शनिबार हुने भएको छ ।

विद्यार्थीको पढाइमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले बर्दिबासस्थित सनसाइन बोर्डिङ स्कुलमा शनिबार साधारण सभा आयोजना गरिने महोत्तरी प्याबसनका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक रायमाझीले जानकारी दिए ।

निजी तथा आवासीय विद्यालयको छाता संगठनअन्तर्गतका विद्यालयमा जिल्लामा झन्डै ३५ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । ती विद्यालयमा १३ सय शिक्षक, शिक्षिका कार्यरत छन् ।

यसभन्दा अगाडि सेन्टर पोइन्टका प्रधानाध्यापक तथा सञ्चालक ईश्वरी पन्तको नेतृत्वको कार्यसमिति रहेको थियो । उक्त कार्यसमितिले कुनै प्रभावकारी काम नगरेको आरोप लागेका बेला कस्तो नयाँ नेतृत्व आउँछ भन्नेमा धेरैको चासो रहेको छ ।

शनिबार ९ बजे जिल्लाभरिका प्रधानाध्यापक तथा शिक्षकले बर्दिबास सहरमा प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । बिहान १० बजे पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमलाई उद्घाटन गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *