विद्यालयमै पुगेर बालबालिकालाई खाेप लगाइने, महाेत्तरीमा आइपुग्याे माेर्डना खाेप

डिसी नेपाल
३ पुष २०७८ ९:२४

महोत्तरी। कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महाेत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशाेरकिशाेरीलाई ७-११ पुसमा खाेल लगाइने भएकाे छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि माेर्डना खाेप आइसकेकाे उनले जनाए।

६-११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ। जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा भने १४-१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खाेप लगाइने छ।

खाेप लगाउन छुटेका तथा दाेस्राे मात्रा लगाउन बाँकीले पनि खाेप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *