कैलालीका अटोरिक्सा चालक आन्दोलित

डिसी नेपाल
४ पुष २०७८ १४:०९
52
Shares

कैलाली। कैलालीका अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । कैलालीमा जोरबिजोर प्रणाली लगाएको विरोधमा चालकहरु आन्दोलित भएका हुन्।

अटोरिक्सा चालकहरुले जोरबिजोरको खारेजीको माग गर्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। जोरबिजोर प्रणालीले मजदुरहरु थप मर्कामा परेको आन्दोलित पक्षको भनाई छ ।

लाइसेन्स सिस्टमलाई व्यवस्थित गरी संचानल गर्नुपर्ने उनीहरुको माग छ ।

कैलाली जिल्ला ट्राफिक कार्यालयले पुस १ गतेदेखि लागु हुनेगरी अटोरिक्सामा जोरबिजोर प्रणाली लागु गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *