संरक्षित पंक्षीसहित २० वर्षीय रोकाया पक्राउ
मुगु । संरक्षित पंक्षी डाँफेसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकाया रहेका छन्।
संरक्षित पंक्षी डाँफे फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन्। कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई संरक्षित पंक्षी डाँफेसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताए । पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई केजी रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment