ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे

डिसी नेपाल
५ पुष २०७८ ११:५०

सर्लाही। सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठक्करबाट एक बालककाे ज्यान गएकाे छ। साेमवार पूर्व पश्चिम लाेकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रककाे ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवकाे ज्यान गएकाे हाे। उनलाई ना३ख ७९९० नम्बरकाे ट्रकले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएकाे हाे।

ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका बालककाे घटनास्थलमै ज्यान गएकाे थियाे। यादव लालबन्दी नगरपालिकास्थित जनज्याेति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए। बालककाे शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तकाे जिम्मा लगाइएकाे छ।

घटनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए। सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएकाे छ। घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *