कांग्रेस महाधिवेशनः प्रदेश नं १ को मत परिणाम सार्वजनिक

डिसी नेपाल
६ पुष २०७८ २०:५७

काठमाडौँ ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नं १ को मत परिणाम सार्वजनिक भएको छ ।

गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मत परिणामअनुसार प्रदेश नं १ बाट अमृत अर्याल दुई हजार ३८९ र राजिव कोइराला दुई हजार १५२ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यस्तै आनन्द सन्तोषी राईले दुई हजार ८१, अनिलकृष्ण प्रसाईले एक हजार ४२२, सुमित्रा थरुनीले ३९२, जनार्दनराम निरौलाले १४९ र खिलराज बस्नेतले २८१ मत प्राप्त गरे ।

यसैगरी केन्द्रीय सदस्य प्रदेश नं १ महिलातर्फ महेन्द्रकुमारी लिम्बु दुई हजार २२९ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै लिलादेवी बोखिम लिम्बुले एक हजार ७४७ तथा गोमाकुमारी भट्टराईले ६०९ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *