धार्मिक सद्भावको खाँचो छ: मुख्यमन्त्री राई

डिसी नेपाल
६ पुष २०७८ २१:३७

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धार्मिक सद्भाव आवश्यक भएको बताएका छन् । मानव मानवका बीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले सबैले धर्म, संस्कार र संस्कृति मान्न पाउने स्वतन्त्रा रहेको बताए । झापाको दमकमा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले क्रिश्चियन धर्मावलम्वीको धार्मिक र सांस्कृतिक अधिकारका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं १ का अध्यक्ष राम थापा, इसाई समाज प्रदेश नं १ का अध्यक्ष पाष्टर विक्रम वर्णवास येक्तेन लिम्बू, इसाई समाज दमकका पूर्वअध्यक्ष पाष्टर राजकुमार राईलगायतले आ–आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *