अवैध लागुऔषधसहित २ जना पक्राउ

डिसी नेपाल
७ पुष २०७८ ११:३७

पोखरा।  पोखरा–११ फूलबारी र सिमपानीबाट प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी र पोखरा सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङ रहेका छन् ,

दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

उनका अनुसार भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तामाङको साथबाट डाईजापाम १७, फेनेरागन १७ र नुर्फिन १७ एम्पुल बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *