कांग्रेस प्रदेश नं २ को अधिवेशनः पाँच जना निर्विरोध निर्वाचित

डिसी नेपाल
७ पुष २०७८ १८:५१

काठमाडौँ । प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध भए।

महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएका छन् । उक्त पदमा उम्मेदवारी दिएको रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तामाङ्नी निर्विरोध निर्वाचित भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *