श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

डिसी नेपाल
९ पुष २०७८ ११:४१

चितवन । भरतपुरमा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । प्रहरीका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *