एसएसपी सुशील यादव मृत फेला

डिसी नेपाल
९ पुष २०७८ १३:२६

काठमाडाैं। नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘उहाँ मृत अवस्थामा फेला परेको हो। अरु थप आएको छैन। घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *