क्रिसमस डेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण, दुई दिन सार्वजनिक विदा दिन माग

डिसी नेपाल
९ पुष २०७८ १५:४४

काठमाडौं।इसाई धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा मनाइने क्रिसमस डे मा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले भोलि शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको क्रिसमस विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरेको हो ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति र अन्य विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको अध्यक्ष सिबी गहतराजले बताए ।गहतराजले क्रिसमसमा दुई दिन सार्बजनिक बिदा दिन माग गरे । २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइएपनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको सुनाए ।

अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा क्रिसमस–ट्री बनाउने अध्यक्ष गहतराजको भनाइ छ । महासंघकी सहअध्यक्ष रिता थापाले क्रिसमस–ट्री प्रयोग गर्नुको कारण हरियालीको लागि भएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *