दुर्घटनामा एकको मृत्यु दुई घाइते

डिसी नेपाल
१० पुष २०७८ १८:३९

काठमाडौँ । कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सो पालिका वडा नम्बर ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् भने घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन् । घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । मे४प ९५०० नम्बर र डब्जु वी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा सो दुर्घटना भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *