सर्लाहीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

डिसी नेपाल
११ पुष २०७८ ९:३२

काठमाडौं । सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराती सर्लाहीको इश्वरपुर नगरपालिका–१२ मा सर्लाहीकै लालबन्दी नगरपालिका–७ का ५७ वर्षीय भिम गुरुङको मृत्यु भएको हो ।

नम्बर खुल्न नसकेको सवारी साधनले ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार गुरुङ उपचारको क्रममा जिल्ला अस्पतालमा गए रातीनै मृत्यु भएको हो ।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ का ४२ वर्षीय जितन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिए पश्चात सवारी साधन लिएर फरार भएका चालकको भने खोजी भइरहेको प्रहरी चौकी फुलजोरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *