प्रदेश नं १ मा २३ सङ्क्रमित थपिए

डिसी नेपाल
११ पुष २०७८ २१:३७

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ५५ को पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, पाँचथर र प्रदेश बाहिरका एकरएकमा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै छ महिलासहित ११ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै सक्रिय सङ्क्रमितको ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *