तीन आरोपि पक्राउ

डिसी नेपाल
११ पुष २०७८ २१:४०

काठमाडौं । दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले तीन आरोपितलाई आज पक्राउ गरेको छ । बलात्कार प्रयासको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी जनाएको छ ।

बलात्कार प्रयास गरेको भन्दै पीडितका मामा र बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा भदौ ९ गते संयुक्त उजुरी दिएका थिए। पीडितका अनुसार लहरनियास्थित पूर्वपश्चिम डगर बाटोमा रहेको पोखरीदेखि उत्तरको आँप बगैँचामा भदौ ६ गते राति आरोपितले बलात्कार प्रयास गरेका हुन् ।शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा लागेको कृष्ण झुलाको मेला र सांस्कृतिक कार्यक्रम हेरेर किशोरी फर्किँदै थिए ।

डोरीको पासो लगाइ आरोपितले बलात्कार प्रयास गरेपछि उनीहरू भागेर गाउँ पुगेको पीडितले बताए । इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ ९ गते नै उजुरी दर्ता गरेको र पक्राउ परेका आरोपितलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *