माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ

डिसी नेपाल
१२ पुष २०७८ १२:३३

मोरङ । प्रहरीले माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने १ जना पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन्।

विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने कालिकोटेलाई प्रहरीले पक्राउ गरेको हो।

आईतबार राति साढे ९ बजे एटीएम मेसिन तोड फोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो।

पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *