सप्तरीको पशु चौपाया अज्ञात रोगले ग्रसित

डिसी नेपाल
१२ पुष २०७८ १४:०३
32
Shares

काठमाडौं। सप्तरीको पश्चिमी भेगको बोदेबर्साइनमा फैलिएको अज्ञात रोगले पशु चौपाया मर्न थालेका छन् । बोदेबर्साइन नगरपालिका– ५ मा एक सातादेखि फैलिएको सो रोगको सङ्क्रमणबाट करिब एक दर्जन पशुचौपाया ग्रसित देखिएको स्थानीयवासी उमेश साहले जानकारी दिए ।

सो रोगको सङ्क्रमणबाट केही पशुचौपाया मरेका छन् । स्थानीयवासी रामप्रसाद सिंहका अनुसार चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको बताए । पछि चौपाया मर्ने गरेको जनाइएको छ ।
स्थानीयवासी गोपालप्रसाद सिंह किसानका दुईवटा चौपाया मरेका छन् भने धेरैजसो चौपाया बिरामी रहेका छन् ।

उनले भने, “सुरुसुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, समान्य कुरा भनेर हामीले घरेलु औषधि सुरु गरियो केही चौपाया निको भयो तर अन्य चौपायामा पनि फरकफरक लक्षण देखिन थालेका छन्”, अहिले जेजति उपचार गराउँदै आए तापनि पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिएर चौपाया मर्न नै थालेको बताइएको छ ।
चौपाया बिरामी देखिए तापनि सरोकारबालाले गम्भीरता नदेखाएकोप्रति स्थानीय किसान चिन्तित देखिएका छन् । तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीता देखाउन स्थानीय पशुपालकहरुले आग्रहसमेत गरेका छन् । केही दिन अगाडि छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमासमेत फैलिएको अज्ञात रोगले धमाधम पशु चौपाया मरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *