लोहोरोले हानेर श्रीमतीको हत्या

डिसी नेपाल
१२ पुष २०७८ १५:५२

पाँचथर । फाल्गुनन्द गाउँपालिका २ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *