विपद् व्यवस्थापनमा सरकार सचेत छः मन्त्री कार्की

डिसी नेपाल
१३ पुष २०७८ ११:५७

काठमाडौं। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताएका छन् ।उक्त मन्त्रालयद्वारा आज बिराटनगरमा आयोजित विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्रिया कार्यक्रम शुभारम्भ गर्दै उनले प्रदेशमा विपद् हुने क्षेत्रलाई नक्साङ्कन गरेर योजनासहित अघि बढ्ने जानकारी दिए।

मन्त्री कार्कीले विपद्पछि राहत, उद्धार र पुनःस्थापनाका लागि अग्रभागमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जति प्रशंसा गरे पनि कम हुने भन्दै विपद्पछि राहत वितरणमा तछाडमछाड गर्ने टोलीलाई पनि एकद्वार प्रणालीमा ल्याउनु आवश्यक रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *