एमाले पार्टी कार्यालयमा लाश भेटियो

डिसी नेपाल
१३ पुष २०७८ १३:५८

काठमाडौं। नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जनाको शव भेटिएको छ । कार्यालयभित्र मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने ५६ वर्षीय सेतो कुलाल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कुलाल सडकमा मागी खाने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

शव भेटिएको एमाले पार्टी कार्यालय भवन नयाँ बन्दै गरेको भवन हो । स्थानीयले निर्माणाधीन पार्टी कार्यालय भवनमा शव देखेर खबर गरेपछि प्रहरीले अनुसन्धान अधिकृतसहित सात जनाको टोली खटाएको छ । मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि टोली खटिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *