मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु

डिसी नेपाल
१४ पुष २०७८ १२:२३

झापा। मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तिनै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *