मनाङमा भेँडीगाेठ गएका एक जना सम्पर्कविहीन, हिमपहिरोमा परेकाे आशंका

डिसी नेपाल
१५ पुष २०७८ १०:२८
136
Shares

लमजुङ। मनाङमा एक जना सम्पर्कविहीन भएका छन्। गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए।

बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन्।

डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने बेलामा हिउँ परिरहेकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान छ। बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *